२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

शेयर बजारमा पहिरो

शेयर बजारमा पहिरो

गण्डकी टाइम्स
सोमवार, माघ १० २०७८
गण्डकी टाइम्स
सोमवार, माघ १० २०७८
  • काठमाडौं, १० माघ । शेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । साताको दोस्रो दिन नेप्से सोमबार १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ । सरकारले कोरोना नियन्त्रणका लागि अपनाएका गतिविधिबाट शेयर बजार बढ्ने अनुमानका बीच यो साता दुई दिन नै बजार ओरालो लागेको हो । सोमबार कारोबार रकम समेत ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार भएको छ ।

    यसबाट लगानीकर्ताले अघिल्लो साता बढेको बजारबाट नाफा बुक गरि बाहिरिएको अनुमान गर्न सकिन्छ । सोमबार कुल २२८ कम्पनीको १ लाख १३ हजार २ सय ५ वटा कारोबार भयो । यो कारोबारबाट १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर किनबेच भएको छ ।

    सोमबार सबै परिसूचक राताम्य रहृयो । यसमा पनि सबैभन्दा बढी वित्त, विकास बैंक र जलविद्युत उपसमुहका लगानीकर्ताले बढी गुमाए । उच्च अंकले घटेको बजारमा पनि वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढ्यो ।

    ज्योती लाइफ इन्स्यूरोन्स र गुर्खाज फाइनान्सको समेत मूल्य बढेको छ । सबैभन्दा बढी गुमाउने कम्पनीमा कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, आशा लघुवित्त वित्तीय संस्था, ओरियन्टल होटेललगायत रहे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij