२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आज पनि ओरालो लाग्यो शेयर बजार

आज पनि ओरालो लाग्यो शेयर बजार

गण्डकी टाइम्स
मंगलवार, माघ ११ २०७८
गण्डकी टाइम्स
मंगलवार, माघ ११ २०७८
  • काठमाडौं, ११ माघ । साताको तेस्रो दिन शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ ।

    नेप्से परिसूचक ५ दशमलव ९२ अंकले घटेर २ हजार ८ सय १४ दशमलव ७४ अंकमा झरेको छ । यस अघि सोमबार पनि नेप्से परिसूचक सय अंकले घटेको थियो ।

    उता शेयर कारोबार रकम पनि सोमबारको तुलनामा मंगलबार ३ अर्ब भन्दा धेरैले घटेको छ । ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रुपैयाँमा रोकियो । सोमबार साढे आठ अर्ब माथिको शेयर कारोबार भएको थियो ।

    बजार घटे पनि केही कम्पनीहरुको शेयरमूल्य भने राम्रै बढेको छ । सबैभन्दा धेरै बढ्नेमा विन नेपाल लघुवित्त वित्तीय स।स्था देखिएको छ । यस संस्थाको शेयरमूल्य मंगलबार १० प्रतिशतले बढेर ११०६ रुपैयाँमा पुगेको छ ।

    दोस्रोमा बुद्धभूमि हाइड्रोपावर र तेस्रोमा पोखरा फाइनान्स कम्पनी देखिएको छ । बुद्धभूमिको शेयर मूल्य पनि करिब १० प्रतिशतल बढेर ४२१.१० मा पुगेको छ भने पोखरा फाइनान्सको ८ प्रतिशतले बढेर ५८८.९० रुपैयाँमा पुगेको छ ।

    उता शेयर मूल्य घट्ने कम्पनीहरुमा भने गोर्खाज फाइनान्स, समता लघुवित्त, समिट लघुवित्त, चन्दागिरी हिल्स लगायतका देखिएका छन् ।

    गोर्खाजको शेयरमूल्य ४.५८ प्रतिशतले घटेर ८ सय रुपैयाँमा झरेको छ भने समिटको ३ प्रतिशतले घटेर १२१८ रुपैयाँ र समताको पनि ३ प्रतिशतले नै घटेर १२१६ रुपैयाँमा झरेको छ । चन्दागिरीको शेयर मूल्य भने ३९ रुपैयाँले घटेर १३८८ रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij