२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

शेयर बजार निरन्तर ओरालो यात्रामा

शेयर बजार निरन्तर ओरालो यात्रामा

गण्डकी टाइम्स
बुधवार, माघ १२ २०७८
गण्डकी टाइम्स
बुधवार, माघ १२ २०७८
  • काठमाडौं, १२ माघ । केही दिनयता निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से बुधबार पनि ३८ अंक माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३८.४५ अंकले घट्दै २७ सय ७६.६१ विन्दुमा ओर्लिएको हो ।

    यसदिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.५६ अंकले घट्दै ५१८.३८ विन्दुमा झरेको छ । यसदिन सबै उपसमूह ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ भने ३८ अंक माथिले घटेको बजारमा कारोबार रकम समेत घटेको छ ।

    नेप्सेका अनुसार आज कुल ९३ लाख ५८ हजार ७०० कित्ता सेयर बजारमा ६१ हजार पटक किनबेच हुँदा जम्मा ४ अर्ब ३१ करोड ३१ लाख रुपैयाँको मात्र कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ५ अंकले घटेको बजारमा ५ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij