२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

गण्डकी टाइम्स
सोमवार, माघ १७ २०७८
गण्डकी टाइम्स
सोमवार, माघ १७ २०७८
  • काठमाडौं, १७ माघ । लामो समयसम्म निरन्तर ओरालो लागेको नेप्सेले आइतबार आफ्नो ओरालो यात्रा ब्रेक गर्दै १०५ अङ्कको छलाङ मारेको थियो । तर, नेप्सेको यो उत्साह एक दिन पनि टिक्न सकेन ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १३.४८ अङ्कले घट्दै २८ सय ७२.५ विन्दुमा झरेको छ । गत आइतबार यस्तो सूचक अधिकतम १०५ अङ्कले बढ्दै २८ सय ८५ विन्दु चुमेको थियो । तथापि, यस दिन यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने स्थिरजस्तै रहेको छ । नेप्सेका अनुसार यस दिन ०.३९ अङ्कले बढेको सेन्सेटिभ ८३८।९३ विन्दुमा अडिएको छ । यस दिन माइक्रोफाइनान्स र लगानी उपसमूह बाहेकका सबैजसो उपसूचक ऋणात्मक भएका छन् । नेप्सेका अनुसार १३ अङ्कमाथिले घटेको बजारमा आज कारोबार रकम समेत घटेको छ । आज एक करोड कित्ता भन्दा माथिको सेयर बजारमा ६९ हजार भन्दा बढी पटक किनबेच हुँदा जम्मा ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । जबकि गत आइतबार १०५ अङ्कले बढेको बजारमा ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij