२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सातवटै प्रदेशमा फैलियो ‘ओमिक्रोन भेरियन्ट’

सातवटै प्रदेशमा फैलियो ‘ओमिक्रोन भेरियन्ट’

गण्डकी टाइम्स
बुधवार, माघ १९ २०७८
गण्डकी टाइम्स
बुधवार, माघ १९ २०७८
  • काठमाडौं, २० माघ । कोरोना भाइरस (कोभिड–१९) महामारीको तेस्रो लहरसँगै आएको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको छ ।

    पछिल्लो अवस्थामा कोरोनाको नयाँ भेरियन्ट सबै प्रदेशमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिइन् ।

    “अझै खोप लगाउन बाँकी हुनुहुन्छ । संक्रमणको नयाँ भेरियन्टको जोखिम छ, सबै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको छ,” प्रवक्ता मिश्राले भनिन् । उनले २४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र तीन वटामा डेल्डा भेरियन्ट पुष्टि भएको बताइन् । डा.मिश्राका अनुसार हालसम्म कोरोना संक्रमण दर ३३.९ प्रतिशतमा झरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij