२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

शेयर बजारमा पहिरो

शेयर बजारमा पहिरो

गण्डकी टाइम्स
आइतवार, फाल्गुण १ २०७८
गण्डकी टाइम्स
आइतवार, फाल्गुण १ २०७८
  • काठमाडौं, १ फागुन । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०० अंकले घट्दा कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

    आइतबार १०२ वटा कम्पनीको सेयर कारोबारमा आउँदा १०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । समग्रमा ३.६१ प्रतिशतले घटेको बजारमा परिसूचक १०० दशमलव ६७ अंकले घटेर दुई हजार ७ सय दशमलव ८९ अंकमा झरेको छ ।

    आइतबार दोस्रो बजारमा ८१ हजार ८३७ कारोबारमार्फत एक करोड १६ लाख ६१ हजार ५३९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ९७ करोड ७२ लाख हाराहारी रह्यो ।

    आइतबार बजारबाट धेरै गुमाउनेमा माथिल्लो तामाकोशी जलविद्युत र नारायाणी विकास बैंकका लगानीकर्ता छन् । यी दुई कम्पनीको सेयर मूल्य आइतबार ८ प्रतिशत भन्दा बढीले घटेको थियो । समग्र बजारमा आइतबार जलविद्युत र लगानी उपसमूहको सेयर पाँच प्रतिशत भन्दा बढीले ओरोलो लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij