२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ३ २०७८
गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ३ २०७८
  • ‘काठमाडौं, ३ फागुन । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सय अंकले घटेको बजार सोमबार स्थिर रहेपनि मंगलबार भने ५३.३० अंकले बढ्दा सबै उपसमूहमा हरियाली छाएको छ ।

    कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा आज कुनै परिवर्तन आएन ।

    दिनभरजसो झिनो अंकले बढेको बजार अन्तिम घण्टामा बढेपनि कारोबार रकममा भने सुधार भएन । आज कुल कारोबार रकम ३ अर्ब २३ करोड ३३ लाख बराबर रह्यो भने सोमबार ३ अर्ब ६८ करोड बढीको सेयर खरिद बिक्री भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij