२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ गतेबाट आइपीओ खुला गर्ने

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ गतेबाट आइपीओ खुला गर्ने

गण्डकी टाइम्स
बुधवार, फाल्गुण ४ २०७८
गण्डकी टाइम्स
बुधवार, फाल्गुण ४ २०७८
  • काठमाडौं, ४ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेबाट आइपीओ जारी गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले नेष्डो समृद्ध लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ दिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij