२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

फेरी ओरालो लाग्यो सेयर बजार परिसूचक नेप्से

फेरी ओरालो लाग्यो सेयर बजार परिसूचक नेप्से

गण्डकी टाइम्स
बुधवार, फाल्गुण ४ २०७८
गण्डकी टाइम्स
बुधवार, फाल्गुण ४ २०७८
  • काठमाडौं, ४ फागुन । सेयर बजार परिसूचक नेप्से बुधबार ओरालो लागेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच सेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ ।

    बुधबार १९.८४ अंकले घटेको बजार २७३४.४४ विन्दुमा आएर रोकिएको छ । एमसीसी संसदमा टेबुल हुने खबरले मंगलबार भने बजार दोहोरो अंकले बढेको थियो ।

    बुधबार कुल २३१ कम्पनीको ३९ हजार ६ सय ६८ वटा कारोबारबाट ५६ लाख ५२ हजार १ सय ८२ कित्ता सेयर मात्र किनबेच भएको छ । बुधबार कारोबार रकम ३ अर्ब २ करोड ६३ लाख रुपैयाँ मात्र भएको छ ।

    बुधबार अन्य र जीवन बीमा उपसमूहबाहेक सबै उपसमूह राताम्य भए । घटेको बजारमा समेत बुधबार गुराँस लघुवित्त, ज्योती लाइफ इन्स्योरेन्ससहितका कम्पनीको मूल्य घेरै बढ्यो । बुद्धभूमि नेपाल हाइड्रो, मैलुङखोला जलविद्युत, सिंगटी जलविद्युतसहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij