२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

शेयर बजारमा पहिरो

शेयर बजारमा पहिरो

गण्डकी टाइम्स
आइतवार, फाल्गुण ८ २०७८
गण्डकी टाइम्स
आइतवार, फाल्गुण ८ २०७८
  • काठमाडौं, ८ फागुन । आइतबार सेयर बजार परिसूचक नेप्सेमा ३९ अंकमाथिको पहिरो गएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन बजार खुलेको केही छिनमै ओरालो लाग्न थालेको नेप्से अन्तिम समयसम्म ३९ दशमलव ४० अंकले घट्दै २६ सय ९३ दशमलव १० अंकमा अडिएको हो ।

    त्यसो त यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४ दशमलव ९९ अंकले घटेर ५१३ दशमलव ६४ अंकमा झर्न पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज नेप्सेका सबैजसो उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । तर, आज युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लि।को सेयर मूल्य भने सर्किट लाग्ने गरी बढेको छ । झण्डै ४० अंकले घटेको बजारमा आज ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij