पर्वतारोहण संघको निर्वाचन तालिका सार्वजनिक
पर्वतारोहण संघको निर्वाचन तालिका सार्वजनिक
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ७ चैत । नेपाल पर्वतारोहण संघको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौंमा हुने भएको छ । संघको आइतबार भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो।
संघका महासचिव कुलबहादुर गुरूङका अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न सङ्घको विधान बमोजिम तीन सदस्यीय निर्वाचन आयोगसमेत गठन गरिएको छ ।
उक्त आयोगमा अधिवक्ता गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा रामशरण थपलिया र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहेका छन्। साथै, संघले यही चैत ९ गते आयोजना हुन गइरहेको ३१औँ वार्षिक साधारणसभाको तयारी पूरा भइसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
वर्तमान कार्यसमितिको पदावधि सकिएको लामो समय वितिसक्दा समेत एनएमएको निर्वाचन हुन सकेको थिएन ।
प्रतिक्रिया