२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

तपाइँको खुट्टा गन्हाउँछ ? गर्नुस् यो उपाय

तपाइँको खुट्टा गन्हाउँछ ? गर्नुस् यो उपाय

गण्डकी टाइम्स
बुधवार, चैत्र १ २०७९
गण्डकी टाइम्स
बुधवार, चैत्र १ २०७९
  • काठमाडौँ । गर्मी लागेसँगै धेरै मानिसमा खुट्टा गन्हाउने समस्या हुन्छ । जुत्ता लगाएर धेरैबेरसम्म बसिरहँदा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ । खुट्टा गन्हाउने समस्यामा कागतीको प्रयोग निकै लाभदायक मानिन्छ । राति सुत्नुअघि खुट्टामा मोजा लगाइ त्यसभित्र कागती राखेर सुत्दा खुट्टा गन्हाउने समस्याबाट छुटकारा मिल्छ । मोजाभित्र कागती राखेर सुत्दा हुने अन्य फाइदा यस्ता छन् । – खुट्टा सुख्खा हुँदैन क्रिम, लोसन आदि लगाउनुका सट्टा मोजाभित्र कागती राखेर सुत्दा खुट्टा सुख्खा हुनबाट छुटकारा मिल्छ । – खुट्टाको दाग हटाउँछ मोजाभित्र कागती राखेर सुत्दा खुट्टामा आउने विभिन्न किसिमका दाग हटेर जान्छ । – खुट्टाका मासुका डल्ला हराउँछ राति सुत्नु अघि मोजाभित्र कागती राखेर सुत्दा यसले खुट्टामा आउने मासुका डल्ला पलाउने समस्याबाट छुटकारा मिल्छ । – पैताला नरम हुन्छ कागतीको रसले पैतालाको सुख्खापन हटाउन मद्दत मिल्छ । त्यसैले पैतालालाई नरम राख्न कागती उपयोगी हुन्छ । कसरी गर्ने कागतीको प्रयोग ? कागतीलाई दुईभागमा काट्ने । काटेको कागतीलाई पैतालामा दलेर बोक्रा सहितको कागतीलाई मोजाभित्रै राखेर सुत्नु फाइदाजनक हुन्छ । कागतीलाई मोजाभित्र कम्तीमा दुई घण्टा राख्नु राम्रो हुन्छ । यसरी कागती प्रयोग गरेको केही दिनभित्रै खुट्टा सफा र दागबाट मुक्ति मिल्छ । -एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij