२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सरोकार निकायले समयमै ध्यान नदिदा सडक सञ्जालले मासिँदै पदयात्रा मार्ग

सरोकार निकायले समयमै ध्यान नदिदा सडक सञ्जालले मासिँदै पदयात्रा मार्ग

गण्डकी टाइम्स
शुक्रवार, चैत्र १० २०७९
गण्डकी टाइम्स
शुक्रवार, चैत्र १० २०७९
  • कास्की, १० पुस । सडक सञ्जालको विस्तारले पदयात्रा मार्ग मासिन थालेपछि पर्यटकको आगमन र बसाइ अवधि घटेकोप्रति पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । सडक सञ्जालका कारण अन्नपूर्ण क्षेत्र अन्तर्गत लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की क्षेत्रका पुराना र चर्चित पैदल मार्ग मासिन थालेका हुन् । नेपालको पदयात्रा पर्यटन क्षेत्रमा काम गर्ने संघ संगठनले समयमै चासो नदिदा पदयात्रा मार्ग संकटमा परेको त्यस क्षेत्रका पर्यटन व्यावसायिहरुको आरोप छ । सडक मार्गका कारण अब व्यवसायीले व्यवसाय गर्ने ठाउँ कहाँ हो भन्ने प्रश्न उब्जिएको पर्यटन व्यावसायि तालका गुरु प्रसाद गुरुङले बताए । पदयात्रा मासिँदा नेपाल किन आउने भन्ने प्रश्न उठ्न सक्ने बताउँदै उनले यी पद मार्ग र प्राकृतिक सुन्दरताको संरक्षण नै पर्यटन प्रवद्र्धन हो भन्ने हिसाबले अगाडि बढ्नुपर्ने सुझाव दिए । झन्डै तीन हप्ता लामो अन्नपूर्ण चक्रीय पदमार्गसमेत एक हप्तामा खुम्चिएको र म्याग्दीको घोरेपानी पुग्ने पदमार्गलगायत अन्य दर्जनौँ पर्यटकीय मार्ग छोटिने र मासिने क्रममा रहेको आउट फिटर नेपाल ट्रेक्सका संचालक राजकुमार बस्नेतले बताए । आउट फिटर नेपाल ट्रेक्सका संचालक राजकुमार बस्नेत पोखरा आउने पर्यटकमध्ये ६० प्रतिशत पदयात्रामा जाने गरेकामा अहिले त्यस्तो दर निकै घटेको उनले बताए। यस क्षेत्रको पदयात्रा प्रकृतिमा आधारित भएकाले क्याम्पिङमा आधारित पदयात्री पनि घटेको उनको भनाइ छ । पदयात्रा मासिदा पनि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) टानले समयमै चासो नदिदा समस्या भएको मनाङका स्थानीय पर्यटन व्यावसायि फेदिका कुमार गुरुङको गुनासो रहेको छ । अन्नपूर्ण क्षेत्रमा सवारीसाधन गुड्ने क्रमले पर्यटकलाई हिँड्ने वातावरण छैन । त्यस क्षेत्रको पदयात्राको समस्या समाधान गर्न गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई ध्यानाकर्षण गराइएको छ । आउट फिटर ट्रेक्सका सिनियर गाइड रवि पन्तले सभामुख धिताललाई ध्यानाकर्षण गराएका हुन् । पन्तले साथमा अन्नपूर्ण पदयात्रा गरेर फर्केका बेलायती नागरिक सम थोमसलाई समेत लगेका थिए । थोमसले आफ्नो अन्नपूर्ण पदयात्रा अनुभव सभामुख धिताललाई सुनाएका थिए ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij