२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

लोक गायक बद्री सापकोटाको नयाँ गीत ‘स्यमुनानिलाई’ सार्वजनिक (भिडियोसहित)

लोक गायक बद्री सापकोटाको नयाँ गीत ‘स्यमुनानिलाई’ सार्वजनिक (भिडियोसहित)

गण्डकी टाइम्स
मंगलवार, श्रावण १६ २०८०
गण्डकी टाइम्स
मंगलवार, श्रावण १६ २०८०
  • काठमाडौँ, १६ साउन । गायक बद्री सापकोटाको ‘स्यमुनानिलाई’ गीत सार्वजनिक भएको छ । गीतमा बद्री सापकोटा, विष्णीमाया सापकोटा र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । ‘स्यमुनानिलाई’ गीत गोरखा, धादिङ, तनहुँ, लम्जुंग लगायत गण्डक क्षेत्रमा सुनिने भाका भएको गायक सापकोटाले बताए । गीतमा लय बद्री सापकोटाकै रहेको छ भने शब्द कृष्ण लामिछानेको रहेको छ । भिडिओमा अभिनय अर्जुन सापकोटा, रोशन देवकोटा, करिश्मा ढकाल, कृतिमा तिवारी, आयुस कुँवरको रहेको छ भने भिडिओको निर्देशन काजीस श्रेष्ठले गरेका छन् । सापकोटाले यसाअघि ‘बस बस पियारी’ गित बजारमा ल्याएका थिए। उनको यो गीतले नेपाली सांगीतिक क्षेत्रमा चर्चामा कमाएको थियो । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?v=4SUgc9XBeXg&t=5s&ab_channel=BadriSapkota

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij