प्रचण्डले बोलाए पदाधिकारी बैठक
प्रचण्डले बोलाए पदाधिकारी बैठक
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २ पुस । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। मंगलबार (पुस ३) गते दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए। बैठकमा राष्ट्रियसभा निर्वाचन, पार्टीको विधान सम्मेलन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिका बारेमा छलफल हुने सापकोटाले बताए।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएकाे छ। सापकोटाका अनुसार पार्टीले सञ्चालन गरेको तीन महिने विशेष रुपान्तरण अभियानका बारेमा पनि बैठकमा समीक्षा हुनेछ।
माओवादीको सो अभियान पुस १६ गते समापन हुँदैछ।
प्रतिक्रिया