माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बस्दै
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ४ पुस । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बालुवाटारमा बस्दैछ । बैठक आज (बुधबार) दिउँसो ३ बजे बस्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार बैठकमा आगामी आसन्न माघमा हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षे समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियानलगायतका विषयमा छलफलपछि निर्णय हुनेछ ।
हिजो (मंगलबार) बसेको पदाधिकारी बैठकमा यी विषयमा छलफल भए पनि आज आधिकारिक निर्णय हुने सापकोटाले बताए ।
प्रतिक्रिया