२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुशासनका लागि थप निर्मम बन्ने प्रधानमन्त्रीको संकेत, इतिहास निर्माण गर्न नयाँ कार्यशैलीकासाथ अघि बढ्ने उद्घोष

सुशासनका लागि थप निर्मम बन्ने प्रधानमन्त्रीको संकेत, इतिहास निर्माण गर्न नयाँ कार्यशैलीकासाथ अघि बढ्ने उद्घोष

गण्डकी टाइम्स
बुधवार, पौष ४ २०८०
गण्डकी टाइम्स
बुधवार, पौष ४ २०८०
  • काठमाडौँ, ५ पुस । मन्त्रिपरिषद्को बैठकमा सरकारको एक वर्षे प्रगतिबारे समीक्षा भएको छ । सरकार गठन भएको एक वर्ष पुग्न लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामको समीक्षा गर्न थाल्नुभएको छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकार गठन भएको पुस १० गते एक वर्ष पुग्दैछ भने सरकार अहिले १ वर्षे अबधिको समिक्षामा जुटेको छ। सरकार भ्रष्टाचारविरुद्धको अभियानमा अझै सुष्म ढंगले लाग्ने तयारीमा रहेको छ। प्रधानमन्त्री प्रचण्डले अब सरकार एक वर्षको समिक्षा गर्दै इतिहास निर्माण गर्ने गरि नयाँ कार्यशैलीका साथ अघि बढ्ने बताउदै आउनुभएको छ। सरकारले अब नया रणनीतिकासाथ समग्र कामलाई तिब्र रुपमा अघि बढाउने योजना बनाएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकमा वर्तमान सरकारले एक बर्से अबधिमा गरेको काम कारबाहीबारे समीक्षा भएको छ । मन्त्रिपरिषद् बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेका १ वर्षमा गरेका काम कारबाहीबारे समीक्षा भएको सरकारका प्रवक्ता एव सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डको नेतृत्वको गठबन्धन सरकार गठन भएको पुस १० गते एक वर्ष पुग्दैछ भने सरकार अहिले १ वर्षे अबधिको समिक्षामा जुटेको छ। प्रधानमन्त्री प्रचण्डले अब सरकार एक वर्षको समिक्षा गर्दै इतिहास निर्माण गर्ने गरि नयाँ कार्यशैलीका साथ अघि बढ्ने बताउदै आउनुभएको छ। प्रधानमन्त्री कार्यालयको नयाँ हलमामा बसको मन्त्रिपरिषद्को बैठकले सरकारको एक वर्षे समीक्षा गर्दै सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले विस्तृत प्रस्तुति प्रस्तुत गरेको जानकारी गराउनुभयो । गएको एक वर्षमा सरकारले गरेका समग्र कामको पिक अप लिन कतिपय प्रक्रियामा भएका समस्या, इच्छाशक्तिमा भएका समस्यादेखि सुधार गर्नुपर्ने सबै कुराहरूबारे मुख्यसचिवले विस्तृत प्रस्तुति दिनुभयो समेत संचारमन्त्रि शर्माले जानकारी दिनुभयो। सरकारले सोचे जति सफलता प्राप्त गर्न नसक्नुमा कतिपय निर्णय प्रक्रिया, ऐन कानुन, कार्यविधि र नियमावलीले समस्या पारेको भन्दै तिनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको समेत मन्त्री शर्माले बताउनुभयो। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको एक बर्से कार्यकाल पुरा हुनै लाग्दा सरकारका कामकारबाहीप्रति प्रधानमन्त्री प्रचण्ड स्वयं सन्तुष्ट देखिनुभएको छैन। मन्त्रीहरूको रिपोर्ट कार्ड देखि कर्मचारीहरूको कामप्रति असन्तुष्टि जनाउनुभएका प्रधानमन्त्रीले केही दिन अघिमात्रै सचिवसहित मुख्य सचिवहरुलाई बोलाएर कार्यशैलीमा परिवर्तन ल्याउन निर्देशन समेत दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डको निर्देशन लगत्तै मुख्यसचिवले मन्त्रालयका सचिवहरूलाई बोलाएर देखिने गरी काम गर्न आठ बुँदे निर्देशन दिनुभएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij