मन्त्री फेरेर भए पनि सरकारको कामलाई थप गति दिने प्रधानमन्त्री प्रचण्डको तयारी
मन्त्री फेरेर भए पनि सरकारको कामलाई थप गति दिने प्रधानमन्त्री प्रचण्डको तयारी
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनको एक वर्ष पुगेको अवसरमा आफूले अर्को क्रमभंग गरेर अघि बढ्ने बताउनुभएको छ। शुक्रवार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले आफू तेस्रो कार्यकालमा पहिलो वर्ष पुरा गर्न लागिरहेको भन्दै अब अर्को क्रमभङ्ग गर्ने तयारीमा रहेको घोषणा गर्नुभयो।
प्रधानमन्त्री प्रचण्डले आफुले गर्ने अबको आर्को क्रमभङ्गमा आम नेपाली जनताको साथ रहनेमा विश्वास व्यक्त गर्नुभयो। नेपालमा धेरै सम्भावनाहरू रहेको बताउनु भएको प्रधानमन्त्री प्रचण्डले जनतामा आत्मविश्वास जगाउने कि निराशा भन्ने प्रश्न गर्दै सरकारले जनतामा आत्मविश्वास जगाउने काम सुरु गरेका छौ ।
केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि छैन भनेर नकारात्मक भाष्य निर्माण गरिएकोप्रति कटाक्ष गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले आम नेपाली जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षडयन्त्रबाट सावधान रहन आग्रह गर्नुभयो।
यसैबीच प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिइने बताउनुहुदै आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ ढंगले काम गर्ने स्पस्ट पार्नुभयो । आफ्नो प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने प्रधानमन्त्री प्रचण्डको भनाई छ । मन्त्रीहरुले आफूले सहमति व्यक्त गरेर प्रतिबद्धता जनाएका कतिपय काम पनि पूरा नगरेको उल्लेख गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले त्यस्ता मन्त्रालयको पुनर्गठन, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले पुस लागेदेखिनै सामूहिक रुपले मन्त्रालयको बिफ्रिङ लिइरहनु भएको छ भने सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरेर अघि बढ्ने बताउदै आउनुभएको छ।
आफुले प्रधानमन्त्रीका रूपमा तेस्रोपटक जिम्मेवारी लिएपछि सुशासन र सामाजिक न्यायको पक्षमा महत्वपुर्ण काम गरेको प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै महत्वपुर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। एक वर्ष पुगेको दिन जनता र राष्ट्रको पक्षमा एउटा ठूलो सम्बोधन गर्न लागेको जानकारी दिनुहुदै प्रधानमन्त्री प्रचण्डले आफुले जहिले पनि निरन्तरतामा क्रमभंग गर्दै विकास गर्ने कुरा गर्दै आएको उल्लेख गर्नुभयो।
प्रतिक्रिया