२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

माओवादी केन्द्रको स्थायी कमिटिको बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी कमिटिको बैठक आज बस्दै

गण्डकी टाइम्स
शुक्रवार, पौष २७ २०८०
गण्डकी टाइम्स
शुक्रवार, पौष २७ २०८०
  • काठमाडौं, २८ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज शनिबार बिहान ११ बजे बैठक बस्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको विधान संसोधनबारे छलफल हुनेछ । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ । उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको प्रस्तावमाथि आजदेखि बस्ने स्थायी कमिति बैठकमा छलफल हुने प्रवक्ता सापकोटाले बताएका छन् । माओवादीले फागुन पहिलो सातादेखि विधान अधिवेशन गर्दैछ । बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समिक्षा पनि हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij