२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

५ लाख ३० हजार आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाख ३० हजार आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

गण्डकी टाइम्स
शनिवार, चैत्र ८ २०८१
गण्डकी टाइम्स
शनिवार, चैत्र ८ २०८१
  • काठमाडौँ, ९ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजार आप्रवासीहरूलाई देश छोड्न आदेश दिएको छ। यी आप्रवासीहरू क्युबा, हाइटी, निकारागुवा र भेनेजुएला जस्ता संकटग्रस्त देशहरूका नागरिकहरू हुन्। ट्रम्प प्रशासनले यी आप्रवासीहरूको अस्थायी कानूनी अधिकार खारेज गरेको छ । जसका कारण तिनीहरूको कार्य अनुमति र निर्वासनबाट सुरक्षित रहने सुविधा रद्द भएको छ। यो निर्णय जसले ५ लाखभन्दा बढी आप्रवासीलाई प्रभावित गरेको छ। अमेरिकामा कानुनी आधारबिनै बसेका व्यक्तिहरूको सुरक्षा हटाउँछ र तिनीहरूलाई देश छोड्नका लागि चेतावनी दिइएको छ। बाइडेन प्रशासनले २०२२ मा सीएचएनभी नामक एक मानवीय प्रवासन कार्यक्रमको आरम्भ गरेको थियो, जसले संकटग्रस्त देशका नागरिकहरूलाई कानुनी रूपमा अमेरिका प्रवेश गर्ने अवसर दिएको थियो। ट्रम्प प्रशासनले यस कार्यक्रमलाई निलम्बित गरेको थियो। यसकै कारण ती आप्रवासीहरूको भविष्य अस्थिर भएको छ। -एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij