२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

गायक हरिराम परियारको नयाँ वर्षको सांगीतिक उपहार : ‘यतिबेला दरौदी खोला’ सार्वजनिक

गायक हरिराम परियारको नयाँ वर्षको सांगीतिक उपहार : ‘यतिबेला दरौदी खोला’ सार्वजनिक

गण्डकी टाइम्स
बिहिवार, बैशाख ४ २०८२
गण्डकी टाइम्स
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं, ४ बैशाख । नेपाली दोहोरी संगीतका चर्चित गायक हरिराम परियारले नयाँ वर्षको उपलक्ष्यमा सांगीतिक क्षेत्रलाई सांस्कृतिक स्वाद दिन नवीनतम पञ्चेबाजा गीत ‘यतिबेला दरौदी खोला’ सार्वजनिक गरेका छन्। बालाजुस्थित सगुन क्याफेमा एक विशेष समारोहबीच उक्त गीतको भव्य विमोचन गरिएको थियो। कार्यक्रमको माहोललाई अझ सजीव बनाउँदै विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति उक्त कार्यक्रममा थियो। सुमधुर आवाजका धनी हरिराम परियार र रेजिना परियारको युगल स्वरमा सजिएको यस गीतका सशक्त शब्दहरू गायक एवम् गीतकार रविन लामिछानेले लेखेका हुन् भने संगीत संयोजन स्वयं हरिराम परियारले गरेका छन्। गीतले प्रेमिल जोडीहरूको कोमल भावना र मायाको कथा प्रस्तुत गर्दै गोरखाको ऐतिहासिक दरौदी खोलाको सन्दर्भलाई गहिरो रुपमा समेटेको छ । जसले गोरखाली इतिहासलाई समेत उजागर गर्छ। ‘यतिबेला दरौदी खोला’ गीत परियारले आफ्नै जन्मदिनको स्मरणीय अवसर पारेर आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । जसले गीतलाई थप भावनात्मक अर्थ दिएको छ। गीतको म्युजिक भिडियोमा अहिलेका लोकप्रिय निर्देशक दीप गुरुङको निर्देशनमा कलाकार सुमन परियार, सञ्जिता बोलखे लगायतका कलाकारहरूले अभिनय प्रस्तुत गरेका छन्। गीतको भिडियोले सांस्कृतिक, पारम्परिक र ऐतिहासिक चिनारीलाई कलात्मक ढंगले उजागर गर्दै नेपाली मौलिकता र रोधी संस्कृतिको सुन्दर चित्रण गरेको छ। गीत सार्वजनिक भएको छोटो समयमै दर्शक-श्रोताबाट निकै उत्साहजनक र सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन्। मौलिक गीत-संगीतमा रुचि राख्ने स्रोता तथा दर्शकहरूका लागि ‘यतिबेला दरौदी खोला’ एक अविस्मरणीय सांगीतिक कृति बन्ने विश्वास गरिएको छ। भिडिओ हेर्नुहोस्: https://youtu.be/IPB7hfmTytA?si=CqLVxOLBaTDWndB0

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij