२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अर्जेन्टिनामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अर्जेन्टिनामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

गण्डकी टाइम्स
शुक्रवार, बैशाख १९ २०८२
गण्डकी टाइम्स
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं, १९ बैसाख। अर्जेन्टिनामा शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार शुक्रबार साँझ ६ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पको धक्का चिलीसम्म महसुस गरिएको थियो । उशुआइयाबाट २२२ किलोमिटर दक्षिण ड्रेक प्यासेज केन्द्रबिन्दू भएर भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अहिले अर्जेन्टिना र चिलीमा सुनामीको चेतावनी जारी गरिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार मानिसहरूलाई तटबाट टाढा सर्न र उच्च स्थानहरूमा जान आग्रह गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij