२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

इजरायलको आक्रमणमा इरानी सेना प्रमुख सलामीको मृत्यु

इजरायलको आक्रमणमा इरानी सेना प्रमुख सलामीको मृत्यु

गण्डकी टाइम्स
बिहिवार, जेठ ३० २०८२
गण्डकी टाइम्स
बिहिवार, जेठ ३० २०८२
  • काठमाडौं, २९ जेठ । इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ । शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका कमान्डर इन चिफ जनरल हुसेन सलामी मारिएका हुन् । सलामी मारिएको खबर इरानका राज्यनियन्त्रित सञ्चारमाध्यमहरूले बताएका छन् । उनी इजरायली आक्रमणमा मारिएका केही शीर्ष अधिकारीहरूमध्ये एक हुन् । इजरायलले आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ । इजरायली सेनाका अधिकारीले इरानभरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् । इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणमा मारिएका दुई वरिष्ठ आणविक वैज्ञानिकहरूको नाम सार्वजनिक गरेको छ । यसमा आणविक ऊर्जा संगठनका पूर्वप्रमुख फेरेदुन अब्बासी र तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij