२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

इरानको आणविक साइटहरूमा बम आक्रमण गरिएको ट्रम्पको घोषणा

इरानको आणविक साइटहरूमा बम आक्रमण गरिएको ट्रम्पको घोषणा

गण्डकी टाइम्स
शनिवार, आषाढ ७ २०८२
गण्डकी टाइम्स
शनिवार, आषाढ ७ २०८२
  • वासिङ्टन, ८ असार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मुख्य यूरेनियम प्रशोधन केन्द्र फोर्दोमा "पूर्ण क्षमताका साथ" बम आक्रमण गरिएको बताएका छन्। उनले आक्रमणलाई "धेरै सफल" भएको दाबी गर्दै अन्य आणविक साइटहरूमा पनि हमला गरिएको जनाएका छन्। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार, फोर्दो साइटमा "शत्रु पक्षको आक्रमण" भएको पुष्टि गरिएको छ। हमलामा क्षति भए पनि विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन। यस आक्रमणपछि अमेरिकी–इरानी सम्बन्ध थप तनावपूर्ण बन्ने संकेत देखिएको छ। क्षेत्रीय सुरक्षामा यसको गम्भीर असर पर्न सक्ने विश्लेषकहरू बताउँछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij