२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा, फाइनल प्रवेशका लागि फ्रान्स सँग भिड्ने

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा, फाइनल प्रवेशका लागि फ्रान्स सँग भिड्ने

गण्डकी टाइम्स
शनिवार, आषाढ २७ २०८३
गण्डकी टाइम्स
शनिवार, आषाढ २७ २०८३
  • काठमाडौँ, २७ असार। फिफा विश्वकप फुटबलमा स्पेनले सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा सब्स्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका मिकेल मेरिनोले निर्णायक गोल गरेपछि स्पेनले बेल्जियमलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

    बेल्जियमले खेलमा दुबै गोल गोलरक्षकले वानटच समाउन नसकेपछि रिबाउन्डमा खाएका थए। पहिलो रोजाइका गोलरक्षक थिवाउट कोर्टुवा इन्जुरी पछि दोस्रो हाफमा मैदान छोड्न पुगेका थिए। त्यसपछि मैदानमा आएका सेन लामेन्सले निर्धारित समयको ३ मिनेट बाँकी रहँदा गोल खान पुगेका थिए।

    करिब २५ यार्डबाट पाउ कुबार्सिसले गरेको प्रहारलाई वानटच समाउन नसक्दा पाएको रिबाउन्डलाई सब्स्टिच्युट मकेल मेरिनोले गोलमा परिणत गर्दै स्पेनको जित निश्चित गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij