एजेन्सी। लियोनल मेसीले स्पेनको दोस्रो डिभिजन क्लब सीडी एल्डेन्से किनेका छन्। यसको प्रक्रिया अब नियामक स्वीकृतिको पर्खाइमा छ। यो मेसीले स्पेनमा किनेको दोस्रो क्लब हो। यसअघि उनले अप्रिलमा क्याटालान क्लब कोर्नेल्ला पनि किनेका थिए।
एल्डेन्सेले मेसीको आगमनसँगै क्लबलाई खेलकुद र अन्य क्षेत्रमा अघि बढाउने योजना रहेको जनाएको छ। हाल एल्डेन्से दोस्रो डिभिजनको १९औँ स्थानमा छ।