२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

एसियाड क्वाटरफाइनल

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

गण्डकी टाइम्स
सोमवार, आश्विन १२ २०८३
गण्डकी टाइम्स
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ, १२ असोज। एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको नेपालले मंगलबार क्वाटरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ ।

    समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो भने आयोजक जापानसँगको दोस्रो खेल नतिजाविहीन हुँदा तीन अंक जोड्दै समूह विजेता बनेको हो ।

    शनिबार बिहान टस जितेर जापानले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको नेपालले वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा १४९ रन बनाएको थियो । वर्षाका कारण दोस्रो इनिङ्सको खेल हुन नसकेपछि जापानसँग अंक बाँडेको नेपाल समूह विजेता बनेको हो ।

    नेपाली दर्शकले प्रतिक्षा गरेको श्रीलंकासँग यो खेल मंगलबार बिहान नेपाली समय अनुसार ५ः४५ बजे सुरु हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij