काठमाडौँ, ४ साउन। स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै इतिहासमा दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। यसअघि स्पेनले सन् २०१० मा पहिलो विश्वकप जितेको थियो।
फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए। खेलको अन्त्यतिर अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो।